बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, प्रधानमन्त्री ओलीले के भने?
काठमाडौं : सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। संघीय संसद्को हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।
बैठकको सुरुवातमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए। संसदलाई पर्याप्त विजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने उनको भनाइ छ। बैठकमा सहभागी नेताहरूले बोल्ने क्रम जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवलगायत सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !