बाख्रा मात्र फर्के, फुपू–भदैनी जंगलमा मृत भेटिए

बाख्रा मात्र फर्के, फुपू–भदैनी जंगलमा मृत भेटिए
सुन्नुहोस्

अछाम : ढकारी गाउँपालिका–८ की ईसरा र सरस्वती खडका शुक्रवार बाख्रा लिएर जंगल तिर गए। खाना खाएर नुहाइ धुवाइ गर्ने र बाख्रा पनि चराउने भन्दै उनीहरू षोडशा सामुदायिक वनतिर लागे। शनिवार कमलबजारमा हुने राष्ट्रपति रनिङ शिल्ड हेर्ने फुपू भदैनीको सल्लाह थियो। तर, शुक्रबार दिउँसो ३ बजे बाख्रा घर फर्किए। 

गोठालो गएकी १५ वर्षीया फुपू सरस्वती र १४ वर्षीया भदैनी ईसरा भने फर्केनन्। 

‘दिउँसो बाख्राले खेतमा गहुँ खाए, मृतक ईसराकी आमा कमलाले भनिन्,गोठाली गएकी कता हराइन् बाख्राले सरु खाए भनेर कराएँ। त्यही डरले आज घर आइनन् भन्ने लाग्यो। पछिल्लो दिनसम्म पनि नआएपछि पोइल गई होली लाग्यो।’ 

इसराको विगत एकडेढ वर्षदेखि एकजना केटासँग फोनमा कुरा हुने गरेको जानकारी परिवारलाई थियो। उनका परिवारका सदस्यले केटालाई फोन गरे। फोनमा केटाले आफूले बिहे गरेर नल्याएको र त्यही कतै खोज्नु भनेर फोनमा भनेपछि उनीहरूले खोजी गर्न थाले। बाख्रा चराउन लिएको वनतिर खोजी गर्नेक्रममा वडा नम्बर १ को षोडशा सामुदायिक वनको छिर्ने ओढारमा मृत अवस्थामा भेटिएका हुन्। मृत भेटिएको खबर शनिबार साँझ ६ बजेतिर प्रहरीलाई सूचना प्राप्त भएको थियो।

दुवै जना मृत अवस्थामा फेला पर्नु घटना शंकास्पद रहेको आफन्तले बताएका छन्। दुवै जनाको यसरी रहस्यमय मृत्युको खबरले गाउँ नै स्तब्ध भएको पूर्ववडाध्यक्ष लालबहादुर भण्डारीले जानकारी दिए। उनले भने, ‘दुवैको एकै प्रकृतिबाट कसरी मृत्यु हुनसक्छ, ? दुवैको मृत्यु भवितव्य हुनै सक्दैन। भीरबाट खसेर मृत्यु भएको होइन। हत्याको आशंका छ। निष्पक्ष अनुसन्धान हुनुपर्छ।’ शंकास्पद व्यक्तिको नाम मृतकका परिवारले प्रहरीलाई दिएको भण्डारीले बताए। ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाहीले घटनास्थलको अवस्था हेर्दा भीरबाट खसेर मृत्यु भएको जस्तो नरहेको बताइन्। उनले भनिन्, ‘त्यस्तो भीर नै छैन त्यहाँ। कसैले हत्या गरेर त्यो ठाउँमा लगेर फालेको जस्तो देखिन्छ। दुवैको अगाडी र पछाडिको भागमा चोट लागेको छ। हुन त प्रहरीको अनुन्धानपछि घटनाको वास्तविकता आउला।’

घटनास्थलमा दुई थान मोबाइल फेला परेको प्रहरी नायव उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए। दुई थान मोबाइल मृतक किशोरीको रहेको डीएसपी भण्डारीले जानकारी दिए। उनले भने, ‘दुई जनाको मृत्यु भएको छ, आफन्तलाई हत्या हो भन्ने लाग्नु स्वाभाविक नै हो। यर्थाथ के हो अनुसन्धानपछि आउँछ। कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएर घटनाको अनुसन्धान गरेका छौं। घटनास्थलबाट दुई थान मोबाइल भेटिएको छ।’ मृतकको टाउको र मुखमा चोट लागेको उनले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको भण्डारीले बताए।

मृतक दुवै कमलबजार नगरपालिकाको विद्या प्रवोधन माविमा ७ र ८ कक्षामा अध्ययनरत थिए। मृतक दुवैका वुवा भारतमा रोजगारी गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.