संसदमा एकढिक्का भएर उभिने सत्तारुढ दलको निष्कर्ष
काठमाडौं : सत्तारुढ दलहरूले संसद्मा एकमतका साथ प्रस्तुत हुने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दलको बैठकले संसदका काम कारबाही र सरकारका कामका बारेमा एकढिक्का भएर उभिने निर्णय गरेको हो।
सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरूप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निकालेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले अध्यादेश संसदमा पेस गरिने र त्यसलाई फेल गराउने अधिकार संसदमा विद्यमान रहेको बताए।
संसदको दिउँदे अधिवेशन माघ १८ गते सुरू हुँदैछ। बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरूसँग छलफल गरेका हुन्। उनले
संसदलाई पर्याप्त विजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने उनको भनाइ थियो।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !