ट्रम्प प्रशासनले धरपडक गरेपछि आप्रवासी आतंकित,बालकालिका स्कुल जान मान्दैनन्,अभिभावक कामविहीन

ट्रम्प प्रशासनले धरपडक गरेपछि आप्रवासी आतंकित,बालकालिका स्कुल जान मान्दैनन्,अभिभावक कामविहीन
सुन्नुहोस्

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित बनेका छन् ।  राष्ट्रपति ट्रम्पले अवैधरुपमा बस्दै आएकालाई निष्काशन गर्न सुरु गरेसँगै आप्रवासीहरू आतंकित बनेका हुन् । 

राष्ट्रपति ट्रम्पले अमेरिकाका हरेक प्रान्तमा अवैध आप्रवासीलाई लक्षित गरी अप्रेसन सुरू गर्न त्यहाँका सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । त्यस्तो निर्देशनलगत्तै अमेरिकी अध्यागमनले पक्राउ परेका आप्रवासीलाई सैनिक जहाजबाट सम्बन्धित मुलुक पठाउन सुरू गरिसकेको छ ।  योसँगै आप्रवासीका परिवारमा मानसिक तनाव र भय बढेको छ । 

आप्रवासीमाथिको धरपकडपछि कतिपयका परिवार र बालबालिकाहरूमा डर र चिन्ता बढन थालेको छ । कतिपयका बालकालिकाहरू स्कुल जान छाडेका छन् भने कतिपय काम गर्न समेत जान सकेका छैनन् । समाचार संस्था सीएनएनका अनुसार,शिकागोकोमा  बसोबास गर्ने एक आप्रवासी परिवारका दिदीबहिनीहरूले राष्ट्रपति ट्रम्पले पदभार सम्हालेदेखि स्कुल जान छाडेका छन् । 

उनीहरूका अभिभावक पनि पक्राउ परिने डरले काममा जाँदैनन् । उनीहरू घर सफा गर्ने काम गर्दै आएका थिए । एक गैर नाफा मुलुक संस्थाले उनीहरूको परिवारलाई खाना खुवाउँदै आएको छ । उक्त संस्थाले उनीहरूको घरको ढोकामा खानेकुरा छाडिदिन थालेको छ । 

उक्त गैरनाफामुलुक संस्थाका अनुसार,पक्राउ पर्ने डरले घरभित्रै बस्ने आप्रवासीहरूको संख्या ठूलो हुनसक्छ । 'पक्राउ पर्ने डरले बालबालिकाहरू विद्यालय जान चाहँदैनन्। उनीहरू डराउँछन्। अमेरिकी शरणार्थी र आप्रवासी समितिकी वरिष्ठ उपाध्यक्ष अन्नामारी बेनाले सीएनएनलाई भनिन्। प्राथमिक विद्यालयका बालबालिकाहरू डरले विद्यालय जान चाहँदैनन् भने आप्रवासीहरूको पछिल्लो अवस्थाकाबारे यसै घटनाले स्पष्ट पार्छ,' उनले भनिन्  ।  

शिकागोका आप्रवासी अधिकार समूहहरूले  धरपकड गरेको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.