कोभिड खोप नलगाएर बर्खास्तीमा परेका सेनालाई पुनःस्थापना गर्ने ट्रम्पको घोषणा

कोभिड खोप नलगाएर बर्खास्तीमा परेका सेनालाई पुनःस्थापना गर्ने ट्रम्पको घोषणा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसका अनुसार यससम्बन्धी कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने भएका छन्।

कार्यकारी आदेशले रक्षा सचिवलाई कोभिड खोप अस्वीकार गरेका कारणले बर्खास्त गरिएका र पुनःस्थापित हुन चाहने सबै सैन्य सदस्यहरू (सक्रिय र आरक्षित)लाई पुनःस्थापित गर्न निर्देशन दिन्छ,' ह्वाइट हाउसको पत्रमा भनिएको छ।

फक्सन्युजका अनुसार उक्त कार्यकारी आदेशले पुनःस्थापित हुन चाहने सैन्य अधिकारीहरूलाई पूर्व पदमै पुनर्वहाली गरिनेछ भने सेवा सुविधाहरू पनि प्रदान गरिनेछ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेनले कोभिडि खोप नलगाएकै कारण ८ हजारभन्दा बढी सैनिक अधिकारीलाई बर्खास्त गरेको थियो। बाइडेन प्रशासनको आदेशमा सन् २०२१ देखि २०२३ सम्म पूर्व रक्षासचिव लोयड अस्टिनले उनीहरूलाई बर्खास्त गरेका थिए। पछि खोपको जनादेश खारेज भए पनि बर्खास्त गरिएका ४३ जनालाई मात्रै बाइडेन प्रशासन र सचिव अस्टिनको अधीनमा सेवामा फर्कन छनौट गरिएको थियो। पुनःस्थापित हुने सैनिक अधिकारीहरूलाई नयाँ विधेयकअन्तर्गत तलब दिइने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.