प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार यो सेसनमा नेप्से परिसूचक १४.८७ अंकले बढेर २६८२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ३.५८ अंकले बढेको छ।
प्री ओपन सेसनमा ६० वटा स्क्रिप्सको १७ हजार ५१२ कित्ता सेयर १ करोड ७४ लाख ४० हजार ५९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ३७ स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
५