बीआरआईलाई ऋणमा नभइ अनुदानमा अघि बढाउनुपर्छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अनुदानमा अघि बढाउनुपर्ने बताएका छन्। सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले बीआरआईलाई ऋणमा नभइ अनुदानमा अघि बढाउनुपर्ने पार्टीको निर्णय रहेको बताएका हुन् ।
उनले भारतका साथै चीन पनि मित्रराष्ट्र भएकाले प्रधानमन्त्री चीन भ्रमणमा जानु सकारात्मक कुरा भएको धारणा राखे। प्रधानमन्त्री चीन भ्रमण सफल हुने देउवाको विश्वास छ । उनले अहिलेको सरकारलाई सहज रुपमा अघि बढाउन कांग्रेसको पूर्ण साथ र समर्थन रहेको स्पष्ट पारे।