बाघको छालासहित कपिलवस्तुमा एकजना पक्राउ

बाघको छालासहित कपिलवस्तुमा एकजना पक्राउ

कपिलवस्तु : बाघको छालासहित एक जना पक्राउ परेका छन्। शिवराज नगरपालिका-२ हल्लानगरमा बाघको अखेटो पहारसहित रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णु प्रसाद भट्टराई पक्राउ परेका हुन्। 

पक्राउ परेका भट्टराईको साथबाट टाउको देखि पुच्छरको फेद सम्मको ६ फिट लम्बाइ भएको बाघको छाला, २ फिट २ इन्च लम्बाइ भएको चार वटा दाह्रा र चारै खुट्टाको पञ्जाको भागमा नङ्ग्रा भएको छाला समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

पाटे बाघको छालाको कारोबार हुन लागेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा गएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बरामद गरिएको बाघको छालामा गोली लागे जस्तो देखिने ३ वटा प्वालहरू रहेको छ। 

पक्राउ परेका भट्टराई, उनले प्रयोग गरेको लु ५८ प ९७५५ नम्बरको मोटरसाइकल र बाघको छाला उनलाई कानुनअनुसार थप कारबाहीका लागि डिभिजन बन कार्यालय चन्द्रौटा पठाइएको प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.