आइपीएल अक्सन : १ करोड १० लाखमा बिके १३ वर्षीय वैभव
काठमाडौं : १३ वर्षीय वैभव सूर्यवंशी एक करोड १० लाखमा बिकेका छन्। साउदी अरबको जेद्दामा जारी अक्सनमा राजस्थान रोयल्सले वैभवलाई १ करोड १० लाख बोली लगाएको हो।
३० लाखबाट सुरू भएको बोलकबोल १ करोड १० लाखमा टुंगिएको थियो। वैभवलाई राजस्थान र दिल्ली क्यापिटलले मोल लगाएको थियो। वैभव आइपीएल इतिहासकै कान्छो खेलाडी हुने भएका छन्।
वैभव भारतको बी यु-१९ टोलीबाट खेल्दै आएका छन्। विहारका वैभवले गत जनवरीमा १२ वर्षकै उमेरमा मुम्बईविरुद्ध डेब्यु गरेका थिए। फस्ट क्लास खेलमा पनि वैभवले भारतको कम उमेरमा डेब्यु गर्ने पूर्व क्रिकेटर सचिन तेन्दुकर र युवराज सिंहलाई पछि पारेका थिए। सचिन र युवराजले १५ वर्ष पुगेरमात्रै फस्ट क्लास खेलमा डेब्यु गरेका थिए।
उनले यु-१९ टेस्टमा छिटो सतक बनाउने कीर्तिमान कायम गरेका थिए। गत अक्टुबरमा चेन्नईको चिताम्बरम रंगशालमा अष्ट्रेलियाविरुद्ध कीर्तिमानी सतक हानेका थिए। उनले ५८ बलमा १४ चौका प्रहार गर्दै १०४ रन बनाएका थिए। उनले इंगल्यान्डका मोइन अलीको कीर्तिमान तोड्न भने दुई बलले पछि परेका थिए। यसअघि मोइन अलीले सन् २००५ मा ५६ बलमा सतक हानेका थिए। वैभव बाँया हाते ब्याटर हुन्। उनी वेस्ट इन्डिजका ब्रायन लारालाई आफ्नो आदर्श मान्छन्।