लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ ७ बजेतिर ठक्कर दिएको हो। पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेशननजिक दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको लम्सालले बताए। 

स्थानीयले राईको घटनास्थलमै मृत्यु भएको बताएका छन्। तर, प्रहरीले भने उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ साँझ ७:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। 

दुर्घटनालगत्तै प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएको छ। दुर्घटना हुनुको कारण पत्ता नलागेको र थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.