स्वर्णलक्ष्मी सहकारीको रकम ठगी

रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
फाइल तस्बिर ।

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेको समयमा काठमाडौंको अर्को सहकारीमा पनि संलग्न रहेको पाइएपछि आज अनुसन्धानका लागि ल्याउने तयारी भएको हो। 

लामिछानेमाथि काठमाडौं जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई आज काठमाडौं ल्याउन लागिएको हो। स्वर्ण लक्ष्मी सहकारीका अध्यक्ष जीबी (गीतेन्द्रबाबु) राई, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व डीआईजी छबिलाल जोशीसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि प्रारम्भिक अनुसन्धान भएको थियो। हाल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धानलाई तीब्रता दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको समयमा नै लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो। यता साहारा चितवन सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीमाथि यसपश्चात चितवनमा अनुसन्धान हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.