प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २१.३३ अंकले बढेर २७०४.५७ विन्दुमा पुगेर बन्द भएको हो।
यो समयमा ८७ वटा स्क्रिप्सको १६ हाजर ६७६ कित्ता सेयर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा ५७ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।