रुकुमपूर्वमा उप-निर्वाचनको सरगर्मी : कोही मतदाता शिक्षा दिँदै, कोही भेटघाटमा व्यस्त

रुकुमपूर्वमा उप-निर्वाचनको सरगर्मी : कोही मतदाता शिक्षा दिँदै, कोही भेटघाटमा व्यस्त

रुकुमपूर्व : रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उप–निर्वाचनको चहलपहल बढेको छ। नेकपा माओवादी र नेकपा एमाले चुनावी एजेण्डा लिएर गाउँ पसेका छन् । पुथामा मङ्सिर १६ गते गाउँपालिका उपाध्यक्ष पदको लागि उप–निर्वाचन हुन लागेको हो।

उप–निर्वाचनलाई लक्षित गरेर उपाध्यक्ष पदको लागि नेपाली कांग्रेस र एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा छन् । नेपाली कांग्रेस– एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्र–नेकपा एस गठबन्धनबाट माओवादीकी नरपुरा बुढा पुनको उम्मेदवारी छ । अहिले पार्टीहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

null

उप- निर्वाचनका लागि उम्मेदवारसहितको वडास्तरीय कोण सभा,पार्टी प्रशिक्षण,भेटघाट,टोलस्तरीय बैठक, मतदाता शिक्षाजस्ता कार्यमा जोड दिइएको नेकपा माओवादी केन्द्रकी जिल्ला संयोजक कुमारी बरालले जानकारी दिए । 

त्यस्तै कांग्रेस–एमाले गठबन्धन पनि मतदाता रिझाउन लागि परेका छन् । मतदाता तथा जनभेटघाट, छलफल जस्ता कार्यक्रम गरेर चुनावी एजेण्डाबारे जानकारी गराउने काम भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतमले बताएका छन ।

काजु वडाध्यक्षमा निर्विरोध निर्वाचित

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती मगर (काजु) निर्विरोध निर्वाचित भएका हुन । 

निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको थियो । उक्त समयमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोकाले उम्मेदवारी फिर्ता लिएका थिए । अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका (काजु) निर्विरोध निर्वाचित भएका हुन् ।

null

कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका  रोकाले माओवादीका उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताएका छन् । उनले भने,'हामी एउटै घरको नाता पर्ने हो । माओवादीका उम्मेदवार काका नाता पर्छन्, भेगीय हिसाबमा पनि एउटै परियो,'उनले भनेका छन्, 'पार्टीले के गर्ने भन्ने कुरा उसको हो । गाउँपालिका उपाध्यक्षमा पार्टीकै उम्मेदवार जिताउन लाग्छु । आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो, पार्टीले कारबाही गरे स्वीकार्छु ।'

यता नेकपा एमालेले २ नम्बरका वडा अध्यक्ष पदका उम्मेदवार रोकाले पार्टीको निर्णय विपरीत उम्मेदवार फिर्ता लिएको भन्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको एमालेका जिल्ला अध्यक्ष लिलामणी गौतमले बताएका छन् । माओवादी केन्द्रले भने भारी मत लिएर जित्ने दाबीका साथ १४ वटै वडामा आफ्नो गतिविधिलाई तीव्र पारेको छ । माओवादी नेता तथा पूर्व मन्त्रीहरु गणेशमान पुन, दलजित शेर्पाली, कमला रोका, सांसद पूर्ण घर्ती, वाईसिएलका केन्द्रीय अध्यक्ष सुबोध शेर्पालीलगायतको टिम जिल्लामा जमेरै बसेको छ । 

null

गत भदौ २८ गते काठमाडौंबाट रुकुमपूर्व आउँदै गरेको पुथाउत्तरगंगा गाउँपालिकाको गाडी बागलुङमा दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढा मगर र २ नम्बर वडा अध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.