नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

जोमसोम : नेपाल-चीन कोरला सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ। उत्तरी कोरलानाकास्थित (नेपाल-चीन) सीमा क्षेत्रको ३ किलोमिटर दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार दिउँसो सीमा स्तम्भहरुको संयुक्त सुरक्षा गस्ती गरेका हुन्।

कोरलास्थित सीमा क्षेत्रमा पर्ने २४ नं. सीमा स्तम्भदेखि २० नं. सीमा स्तम्भहरूको संयुक्त सुरक्षा गस्ती सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकार प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। नेपाल-चीन सीमानाका क्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तु चोरी निकासी तथा तस्करी तथा सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा गस्ती गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए।

हिउँदयामको माईनस डिग्री तापक्रम सहदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपी सुरक्षकर्मीले संयुक्त सीमा स्तम्भहरूको गस्ती गरेका थिए। संयुक्त सुरक्षा गस्तीमा नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरीबाट ७ जना गरी १२ जना खटिएको प्रहरी निरीक्षक सुवेदीको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.