रुकुमपूर्व उपनिर्वाचन :  पालिकाका २५ मतदान केन्द्रमा कर्मचारी खटाइयो

रुकुमपूर्व उपनिर्वाचन :  पालिकाका २५ मतदान केन्द्रमा कर्मचारी खटाइयो

रुकुमपूर्व : जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले स्थानीय तह उप निर्वाचनका लागि कर्मचारी खटाएको छ। मंसिर १६ गते हुने पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी   खटाएको हो।

पालिकाका २५ मतदान केन्द्रका लागि १ सय २५ जना कर्मचारी खटाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी बलबहादुर केसीले जानकारी दिए। उनका अनुसार प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाइएको छ। केही दिनमा कर्मचारी सम्बन्धित मतदान केन्द्र पुग्नेछन्। पालिकाका १४ वडामा २२ मतदान स्थल छन् भने २५ मतदान केन्द्र कायम गरिएको छ।

१ नम्बर वडाको पुथा हिमालय मावि मतदान केन्द्रमा थलबहादुर बस्नेत, २ नम्बर वडाको हर्दिबाङ मतदान केन्द्रमा उपेन्द्र यादव र सोही वडाको पेल्मा मतदान केन्द्रमा देविलाल विक मतदान अधिकृत तोकिएका छन्। ३ नम्बर वडाको आधारभूत विद्यालय रन्मामैकोटमा खिमबहादुर रोकाय, ४ नम्बर वडाको दिपज्योति आधारभूत विद्यालय अर्जलमा देवराज सञ्जेल, ५ नम्बर वडाको जनता आधारभूत विद्यालय काजरजंग मतदान केन्द्रमा देवेन्द्र पौडेललाई मतदान अधिकृतका रूपमा खटाइएको छ।

५ नम्बर वडाकै देउराली मावि हुकामको प्रावि भवन केन्द्रमा हिरामणि गौतम, ६ नम्बर वडाको जनजागृति आधारभुत विद्यालय मयाङमा यज्ञकुमार पोखरेल, ७ नम्बर वडाको जनज्योती मावि जाङमा तिलक गौतम, सोही वडाको सानीभेरी आधारभूत विद्यालय खारखोलामा मंगलसिङ बुढालाई मतदान अधिकृत तोकिएको छ।

८ नम्बर वडाको जनसहयोग मावि रिवाङचौर केन्द्रमा समिर गिरी, ९ नम्बर वडाको आदर्श मावि खारबाङमा रविन्द्र बुढाक्षेत्रीलाई मतदान अधिकृतका रुपमा खटाइएको छ। पालिकाको केन्द्र रहेको १० नम्बर वडा स्थित महेन्द्र मावि तकसेराको क मतदान केन्द्रमा मिनबहादुर केसी, ख केन्द्रमा श्रीधर अधिकारी तथा सोही वडाको आधारभुत विद्यालय घुम्लिबाङमा धनबहादुर केसीलाई मतदान अधिकृतको रूपमा खटाइएको छ।

११ नम्बर वडाको उत्तरगंगा आधारभूत विद्यालय सेराबालुवामा गणेशबहादुर खड्का, ११ नम्बरकै जनजागृति आधारभूत विद्यालय दमचन केन्द्रमा ललितकुमार ओलीलाई मतदान अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

१२ नम्बर वडाको पर्वत मावि कोल क केन्द्रमा रेवतबहादुर बुढाथोकी र ख केन्द्रमा मदनप्रसाद साहलाई मतदान अधिकृत तोकिएको छ। १३ नम्बर वडाको जनजागृति आधारभूत विद्यालय पिपलटुङ मतदान केन्द्रमा ध्रुव विक, १४ नम्बर वडाको सिद्वमण्डली मावि राङ्सी क केन्द्रमा राधाकृष्ण रिजाल र ख मतदान केन्द्रमा ओविराम खड्का मतदान अधिकृतका रूपमा खटाइएका छन्।

२०७९ वैशाख ३० भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्र बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि यहाँ उप निर्वाचन हुन लागेको हो। गत भदौ २८ गते बाग्लुङमा भएको गाडी दुर्घटनामा परी उपाध्यक्ष बुढासहित २ नम्बर वडाध्यक्ष जसबहादुर शेर्पाली, उपाध्यक्षकी आमा गोपीमाया बुढाको निधन भएको थियो। उपाध्यक्षको निधनपछि हुन लागेको उप निर्वाचनमा दुई जनाबीच प्रतिसप्रधा हुँदैछ।

माओवादी केन्द्रकी नरपुरा बुढा र कांग्रेसको चुनाव लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा छन्। २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भैसकेका छन्। उप निर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार १ सय ८० मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.