रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं  : सेबोन अध्यक्ष

रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं  : सेबोन अध्यक्ष

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार गरेका छन्। मंगलबार अध्यक्षको शपथ लिएका उनले आज खुमलटारस्थित बोर्डको कार्यालय पुगेर पदभार सम्हालेका हुन्।

पदरभारपछि श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताए। उनले नयाँ एक्सचेन्जको काम निकै अगाडि बढेको बताउँदै त्यसमा सरकारको नीति ,कानुन र निर्देशअनुसार अगाडि बढ्ने बताए।

नयाँ स्टक एक्सचेन्जको विषयमा आफू स्पष्ट रहेको उनको भनाइ। उनले लामो समयदेखि अध्यक्षविहीन धितोपत्र बोर्डको अध्यक्षमा आफू ठूलो जिम्मेवारीका साथ आएको बताए। उनले चुनौतिहरू धेरै रहेपनि रोकिएका सबै काम पूरा गर्ने बताए। उनले सबै लगानीकर्ताको पक्षमा काम गर्ने बताए।

'ठूलो जिम्मेवारीका साथ आएको छु। ठूलो च्यालेन्ज पनि छ। विशेषगरी क्यापिटल मार्केटको भूमिकाको दायर बढाउँदै लैजानुपर्छ। इन्भेस्टरहरूको प्रोटेक्सन पहिलो प्राथमिकता हो। यसलाई मध्यनजर गर्ने। क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने कन्ट्रीब्युसन धेरै छ। त्यसको सदुपयोग गर्न सकिरहेको छैन,'उनले भने,'नेपाल सरकारको कानुनअनुसार स्टक एक्सजेन्सको विषयमा अगाडि बढिन्छ। धेरै कुराहरू यसमा अगाडि बढिसकेको स्थिति छ। यसमा बुझेर अगाडि बढछौं।'

उनले  रोकिएको आईपीओ चाँडै निष्काशन गर्ने दावी गरे। 'आईपीओ निष्काशनको विषयमा साथीहरूसँग वस्तुस्थित बुझ्छु। आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ। स्थायी नेतृत्व नहु्ँदा आईपीओ रोकिएको हो,'उनले भने,'यो समस्या समाधान हुँदैजान्छ।'

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.