सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो

सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो
सुन्नुहोस्

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो। अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले आजपनि सोही क्रमलाई निरन्तरता दिएको हो।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेको थियो। सो दिन ७ अर्ब ४४ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो।

आज ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँमा खरिद बिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र  ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।

आधा दर्जन बढि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक  गुमाए। सो कम्पनीको सेयर  १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा यसदिन जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड बढी मूल्यको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चरको ३३ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४/२४ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएका १९९ स्टक्सको मूल्य बढ्दा ४० वटाको घटयो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। फाइनान्स समूहबाहेक अन्य समूहको उपसूचक भने सकारात्मक देखिएका छन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ९.२७ अंकले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.