उपनिर्वाचन : पुथा उत्तरगंगा गाउँपालिका 'अति संवेदनशील' घोषणा

उपनिर्वाचन : पुथा उत्तरगंगा गाउँपालिका 'अति संवेदनशील'  घोषणा

रुकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रमा वर्गीकरण गरिएको छ । २०७९ वैशाख ३० मा भएको स्थानीय तह चुनावको विश्लेषणको आधारमा मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई ‘अति संवेदनशील’क्षेत्रमा वर्गीकरण गरिएको हो । 

रुकुमपूर्वसहित सप्तरीको डाक्नेश्वरी गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई पनि ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरिएको गृह मन्त्रालयले जनाएको छ । डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाड नगरपालिकामा उपप्रमुखको निर्वाचन हुँदैछ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ भने संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । 

साथै उपनिर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । सुरक्षा घेराको पहिलो तहमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाको लागि आवश्यकता अनुसार सेना परिचालन गर्न यस अघिनै सरकारलाई अनुमति दिइसकेका छन् । यसपटकको स्थानीय तह उपनिर्वाचनमा २ लाख ३५ हजार ४९५ मतदाता रहेकोमा पुथा उत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार १ सय ८० मतदाता छन् ।

२०७९ वैशाख ३० भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि यहाँ उप निर्वाचन हुन लागेको हो । गत भदौ २८ गते बाग्लुङमा भएको गाडी दुर्घटनामा परी उपाध्यक्ष बुढा सहित २ नम्बर वडाध्यक्ष जसबहादुर शेर्पाली, उपाध्यक्षकी आमा गोपीमाया बुढाको निधन भएको थियो । उपाध्यक्षको निधनपछि हुन लागेको उप निर्वाचनमा दुई जनाबीच प्रतिष्प्रधा हुँदैछ।

माओवादी केन्द्रकी नरपुरा बुढा पुन र कांग्रेसको चुनाव चिह्न लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा छन्। २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.