सुन-चाँदीको मूल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : स्थानीय बजारमा सुन-चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन बुधबार ९ सय रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो। यसैगरी चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो।
बुधबार प्रतितोला सुन १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।