बीआरआईबारे पूर्वपरराष्ट्रमन्त्री साउँदले भने -ऋण लिनु हुँदैन,अनुदान स्वीकारिन्छ

बीआरआईबारे पूर्वपरराष्ट्रमन्त्री साउँदले भने -ऋण लिनु हुँदैन,अनुदान स्वीकारिन्छ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री नारायण प्रकाश साउँद (एनपी) ले सरकार थप ऋण लिने पक्षमा नरहेको बताएका छन् । बिहीबार बैतडीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बीआरआई परियोजनाका विषयमा आफ्नो धारणा राख्दै उनले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा आफूहरूको नरहेको बताएका हुन्।

नेपालको अर्थतन्त्र दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन नहुने पक्षमा कांग्रेस रहेको उनले स्पष्ट पारे। 'हामी ऋण थप्ने पक्षमा छौनौँ,छिमेकी राष्ट्रहरूबाट हाम्रो प्राथमिकताको पक्षमा पर्ने विषय भयो भने त्यस्तो अनुदान र सहयोग लिने पक्षमा छौँ तर, ऋण हामी लिन चाहदैनौं,'नेता साउँदले भने । 

नेपाल अहिले पनि ऋणको बोझले दविएको र थिचिएको अवस्थामा रहेको बताउँदै उनले  यसमा थप भार पर्ने काम गर्न नहुने उनको भनाइ छ।

नेता साउँदले भूराजनीतिको अध्ययन नगरिकन ऋण भार थपेको अवस्थामा थप नाकारात्मक प्रभाव पर्ने बताए। आसन्न उपनिर्वाचनबाट जनताले सरकारबाट पाएको सेवासुविधाको मुल्याङ्कन गर्ने पनि उनले बताए । ‘यो उपनिर्वाचनबाट जनताले सरकारको मुल्याङ्कन गर्ने छन्, सरकारबाट पाएको सेवासुविधाको मुल्याङ्कन हुनेछ,'साउँदले भने । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.