नास्टले १२ विधामा पुरस्कार प्रदान गर्ने

नास्टले १२ विधामा पुरस्कार प्रदान गर्ने
सुन्नुहोस्

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले नास्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्यांकन समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा ती पुरस्कार प्रदान गरिनेछ।

बैठकमा योगदानमा आधारित निवृत्तिभरण कार्यान्वयन, आर्थिक प्रशासन नियमावली संशोधन, २०६६ संशोधनको प्रस्तावलाई थप गृहकार्यसहित छिट्टै बस्ने प्राज्ञसभामा ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिए। उनले आवश्यक गुणस्तरीय रूपमा समयमा काम गर्ने प्रणाली स्थापित गर्न नास्टका पदाधिकारीलाई आग्रह गरे। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले सार्वजनिक खरिद ऐनबमोजिम नास्टका खरिदसम्बन्धी प्रबन्ध गर्न ध्यानाकर्षण गराए। प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले आवश्यक गृहकार्य गरेर नियमावलीहरू संशोधनको प्रस्ताव ल्याइने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.