वीरगन्जको बसपार्कमा यात्रुलाई हैरान पार्ने र ठगी गर्ने १८ जना बिचौलिया पक्राउ

वीरगन्जको बसपार्कमा यात्रुलाई हैरान पार्ने र ठगी गर्ने १८ जना बिचौलिया पक्राउ
सुन्नुहोस्

वीरगन्ज  : वीरगन्जको नयाँ बसपार्कमा यात्रुलाई हैरान पार्ने र ठग्ने कार्यमा संलग्न १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट बिहीबार खटिएको प्रहरी टोलीले एकैसाथ १८ जना बिचौलियाहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा वीरगन्ज–१ का २१ व्र्षिय सन्जिव गुप्ता, वीरगन्ज–८ का ५१ व्र्षिय विजय साह, वीरगन्ज–१० का १८ वर्षीय बजरंगी महत्तो, २२ वर्षीय राहुल महत्तो, ३८ वर्षीय विजय साह, २८ वर्षीय फिरोज खान,वीरगन्ज–१० का ३५ वर्षीय प्रभु पटेल, वीरगन्ज–१५ का ३१ वर्षीय सन्देश सिंह,वीरगन्ज–१६ का २० वर्षीय विकास पटेल रहेका छन्।

यस्तै वीरगन्ज–१६ का २० वर्षीय विकास पटेल,वीरगन्ज–११ का ३१ व्र्षिय जयपुजन ठाकुर,२३ वर्षीय मनिष महतो,२२ वर्षीय चन्दन कुमार चौरसिया,३५ वर्षीय सन्तोष महतो,वीरगन्ज–१४ का २३ वर्षीय इद मियाँ धोबी,वीरगन्ज–११ का ४० वर्षीय सुरज भगत माली, पर्साकै बिन्दवासिनी गाँउपालिका-१का २० वर्षीय संजिव गुप्ता, रौतहटको माधवनारायण नगरपालिका–१ का २५ वर्षीय नरेश साह सोनार,गोरखाको गोरखा नगरपालिका–९ का २६ वर्षीय सुशान्त कुँवर र  भारतको मोतिहारी बकतौरा घर भएका २५ वर्षीय जटाशंकर कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले बताए। 

बसपार्क क्षेत्रमा यात्रुलाई दुःख, हैरानी दिने तथा यातायात कार्यालय वीरगन्जमा कामका लागि आउने सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर रकम लिने जस्ता गुनासा आएपछि बिहीबार खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। 
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.