नेपाल श्रीलंकासँग ५५ रनले पराजित

नेपाल श्रीलंकासँग ५५ रनले पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि मयन यादवले  अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए। 

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.