पनौती गैरीगाउँमा मानवकल्याणलाई सेवाघर हस्तान्तरण
काभ्रे : मानव कल्याण समाज सेवाघरलाई भवन हतान्तरण तथा उद्घाटन गरिएको छ। जिल्लाको पनौती नगरपालिका वडा नं ५ गैरी गाउँमा बागमती प्रदेश सरकारले निर्माण गरेर भवन हस्तान्तरण गरिएको हो।
औपचाकि कार्यक्रमबीच शुक्रबार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरीप्रभा खड्की श्रेष्ठले भवन उद्घाटन सँगै सेवाघरलाई हस्तान्तण गरेका हुन्।
विपदमा परेका बालबालिकाको संक्षणका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५ कोड बजेट विनियोजन गरेको थियो।
कार्यक्रममा सेवा घरमा रहेका अनाथ दुईजना बालबालिकाको अन्नप्राशन गएिको थियो। मानवता, सम्पदा, संकृति, कला नेपालको पहिचान भएको उल्लेख गर्दै नेपालीको अमूल्य पहिचान संक्षणको लागि सबैजना एकजुट हुनुपर्ने मन्त्री खड्गीले बताइन्।
मानव कल्याण समाजले सडक तथा सार्वजनिक स्थलबाट उद्धार गरिएका ४५ जनालाई गुणस्तरीय शिक्षा दिक्षासहित सेवा घरमा राखिएको अध्यक्ष सुमित्रा चौंलागाँईले भने। ३० बालबालिकालाई स्वस्थ्य उपचारपश्चात घर पत्ता लगाइ परिवारसँग पुनर्मिलन गर्न सफल भएको अध्यक्ष चौलागाँईले बताइन्। काठमाडौं, काभेपलाञ्चोक, दाङ लगायत ६ जिल्लामा मानव कल्याण समाज रहेका छन्।
कार्यक्रममा मानव सेवाको काम अनुकरणीय रहेको, सेवा घर आफ्नो वडामा राख्न पाउँदा खुसी लागेको पनौती नगपालिका-५ का वडाअध्यक्ष विनोद खत्रीले बताए। बागमती प्रदेश सरकारले भवन निर्माण गरेर अभिभावकविहीन बालबालिकाहरूले संरक्षण पाउने वातावरण भएको अध्यक्ष खत्रीले बताए।