काभ्रेको अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग

काभ्रेको अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग
सुन्नुहोस्

काभ्रे : ६५ वर्षदेखि अवनरत रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको काभ्रेको पुरानो अस्पताल शिर मेमोरियललाई दुई थान भेन्टिलेटर सहयोग गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले शुक्रबार अस्पताललाई अत्यावश्यक रहेको दुई थान भेन्टिलेटर हस्तान्तरण भएसँगै अस्पतालले बिरामीको ज्यान जोगाउन सहयोग मिल्ने प्रतिबद्धता जनाएको छ। 

पुरानो अस्पताल भएर पनि भेन्टिलेटरजस्ता अत्यावश्यक सेवा प्रर्याप्त नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेको गुनासोपछि मन्त्री किरणले अस्पताललाई ७० लाखभन्दा धेरै मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। 

पूर्वी पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेर अनुकरणीय बनेको अस्पताललाई आवश्यक सामाग्री हस्तान्तरण गर्न पाउँदा निक्कै खुसी लागेको र आगामी दिनमा पनि शीर मेमोरियल अस्पताललाई सहयोग गर्ने मन्त्री थापामगरले बताए। करिब तीन महिनाकै पहलमा अस्पताललाई प्रदेश सरकार मार्फत अत्यावश्यक सामाग्री भेन्टिलेटर हस्तान्तरण गर्न सकिएको मन्त्रीले उल्लेख गरे। 

अस्पतालको मेडिकल प्रमुख डा. एन्जेला बस्नेतले भेन्टिलेटरले धेरैको ज्यान जोगाउने प्रतिबद्धता व्यक्त गरे। अस्पतालमा आवश्यक रहेको सामाग्री उपलब्ध गराएर धेरै नागरिकको ज्यान जोगिन सक्ने भेन्टिलेटर अभाव कम गर्न सहयोग हुने उनलले बताइन्। 

शीर मेमोरियल अस्पतालका प्रमुख डा.हेक्टर गायसले बजारमा शहरमै भए पनि कम शूल्कमा डाक्टरले आफ्नो अस्पतालबाट सेवा प्रदान गरेको जोड् दिए। उनले मृगौलाको डाइलाइसिस गर्नको लागि आवश्यक उपकरण ल्याउने अवस्थामा रहेको बताउँदै शीर मेमोरियल अस्पतालको लक्ष्य र उदेश्य अनुसार निरन्तर रुपमा काम गरिरहेको बताए। सस्तो र सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको र सोही अनुसार काम गरिरहेको र दाताको यस्तो सहयोगले आफ्नो सेवामा थप उर्जा मिल्ने अस्पतालले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.