एनपीएलको रौनक : त्रिवि क्रिकेट मैदान दर्शकले भरिभराउ (तस्बिर)
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा दर्शकले भरिएको छ । आगामी पुस ६ गते सञ्चालन हुने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
एनपीएलका सबै टिममा विदेशी खेलाडी रहेका छन्। आजको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गरिरहेका छन्। जनकपुर बोल्ड्समा कप्तान अनिल कुमार शाह र विराटनगर किङ्सको कप्तानमा सन्दीप लामिछाने रहेका छन्।
नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन्।
तस्बिर : सुनिता डंगोल