पाँचौ फोर्टिन स्टार कपको उपाधि जनसहयोग माविलाई

पाँचौ फोर्टिन स्टार कपको उपाधि जनसहयोग माविलाई
सुन्नुहोस्

गुल्मी : पाँचौ फोर्टिन स्टार कपको उपाधि जन सहयोग माध्यमिक विद्यालयले हात पारेको छ। फोर्टिन स्टार युवा क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पाचौं  फोर्टिन स्टार कप–२०८१’ उपाधि जन सहयोग माध्यमिक विद्यालयले हासिल गरेको हो।

क्लबले यही मंसिर ११ देखि १५ गतेसम्म जिल्लाको सदरमुकाम तम्घासस्थित  चिदिचौर खेल मैदानमा माध्यमिक विद्यालयस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको थियो। पाँचौ फोर्टिन स्टार कपमा जिल्लाभरबाट १५ वटा विद्यालयले सहभागिता जनाएका थिए। शुक्रबार महेन्द्र माध्यमिक विद्यालय र जनसहयोग माध्यमिक विद्यालय बीच फाइनल खेल भएको थियो। जसमा जनसहयोग माध्यमिक विद्यालयले महेन्द्र माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको हो।

खेलमा विजेता जनसहयोग माध्यमिक विद्यालयले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता महेन्द्र माध्यमिक विद्यालयले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

खेलमा कक्षा १० सम्म अध्ययन गर्ने छात्र विद्यार्थी मात्र सहभागी थिए। गत वर्ष अर्जै माध्यमिक विद्यालय  प्रथम र महेन्द्र माध्यमिक विद्यालय  द्वितीय भएका थिए। गत वर्ष १९ वटा विद्यालय प्रतियोगितामा सहभागी भएका थिए। ग्रामीण क्षेत्रमा खेलाडीलाई खेलको अभ्यासमा ग्राउन्डको अभाव हुने भएपनि अवसर पाए खेल्न सक्छन् भन्ने गाउँका विद्यालय र विद्यार्थीले उदाहरण समेत पेश गरेका छन्।

जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि प्रत्येक सदरमुकाम तम्घासमा माध्यमिक विद्यालयस्तरीय खुल्ला छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए। उनले पछिल्लो समय गाउँ सहरमा फुटबल खेलको महत्व बढ्दै गएकाले यसको संरक्षण र खेलाडी उत्पादन गर्न यस खेलले थप टेवा पुग्ने बताए। 

गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नेमा यो र यस्ता प्रतियोगिताले थप टेवा पुगिरहेको अध्यक्ष आचार्यले बताए। क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ। यस क्लबले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.