गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई यादवको मृत्यु

गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई यादवको मृत्यु
सुन्नुहोस्

सिरहा :  सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका- १ कचनारीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ।

ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए। 

मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए । उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको छ । गाडीमा मदिरा लोड थियो कि थिएन अझै खुल्न नसकेको उनको भनाई छ । घटना भएको स्थल दशगजा क्षेत्रदेखि करिब एक किलोमिटर उत्तरतर्फ हो ।

भारतको विहार राज्मा मदिरा प्रतिबन्ध छ । त्यसैले मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट मदिरा बिहार तस्करी हुन्छ । तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.