बिउ बिजन वितरणमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सुधार आउँछ : कृषिमन्त्री अधिकारी

बिउ बिजन वितरणमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सुधार आउँछ : कृषिमन्त्री अधिकारी
सुन्नुहोस्

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बिउ बिजनको  क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजान कृषि क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

बिउ सम्बन्धी निर्माण गरिएको  सफ्टवेयर  देसिस-२ को  आज काठमाडौंमा शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोडन जरुरी रहेको सन्दर्भमा बिउ बिजनको वितरणलाई डिजिटलाईजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने अपेक्षा व्यक्त गरे। 

सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ,’ मन्त्री अधिकारीले भने। कृषि , पर्यटन, ऊर्जा र वृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको  भन्दै मन्त्री अधिकारीले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल  साक्षरता पनि आवश्यक रहेको बताए। 

मन्त्री अधिकारीले यस सफ्टवेयर मार्फत गणस्तरीय बिउ बिजनमा किसानको सहज पहुँच हुने अपेक्षा पनि व्यक्त गरे। विभिन्न दातृ संस्थाको  सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र मार्फत यो सफ्टवेयर निर्माण गरेको हो। 

यस  मार्फत तीनै तहका सरकार बीच बिउ बिजन वितरणलाई डिजिटलाइजेसन गरी गुणस्तरीय बिउमा किसानको  पहुँच कायम हुने केन्द्रका प्रमुख बेनु प्रसाद प्रसाईंले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.