बयानका लागि रवि लामिछाने चितवनमा

बयानका लागि रवि लामिछाने चितवनमा
फाइल तस्बिर।
सुन्नुहोस्

चितवन : सहकारी ठगीका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । रकम अपचलनको मुद्धामा बयान लिनका लागि लामिछानेलाई जहाज मार्फत मंगलवार विहान भरतपुर ल्याइएको हो ।  

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्धामा लामिछानेलाई चितवन ल्याइएको हो । विमानस्थलमा ओर्लिनेबित्तिकै जिल्ला प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा लगिने चितवन प्रहरीले जनाएको छ । 

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी दिएका थिए । भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.