दुई कुशलबीच भीडन्त, सुखद सुरुवात गर्न चाहन्छ पोखरा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससँग खेल्दैछ। यो ब्याटलमा दुई कुशलको महासंग्राम हुनेछ। दुवै आक्रमक ब्याटरले एक अर्काको सामना गर्नेछन्।
कुशल भुर्तेलले पोखरा एभेन्जर्सको कप्तानी गर्नेछन् भने कुशल मल्लले चितवन राइनोजको कप्तानी सम्हाल्नेछन्।
यस्तो छ पोखरा टिम
नेदरल्यान्डका ब्याटिङ अलराउन्डर बस डी लेडीले पनि आफ्नो क्षमता नेपाली भूमिमा देखाउन ब्याट घुमाउनै पर्छ। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव उनले त्रीवीमा देखाउन सके पोखराको लागि राम्रो हुनेछ।
वेष्ट इन्डिजका बाँया हाते ब्याटिङ अलराउन्डर रेमोन रेफर २ दर्जनभन्दा बढी विदेशी लिग खेलेको अनुभव छ। उनसले वेष्ट इन्डिजका लागि जम्मा ३ वटा टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। तर, व्यवसायिक लिगमा भने उनको अनुभव धेरै छ। जसको उपयोग उनले गर्नेछन्।
म्याच क्रिचले इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर हुन्। यसपटक पोखराले धेरै ब्याटिङ अलराउन्ड भित्र्याएको छ। ६ जना विदेशी खेलाडीमा प्राय सबै ब्याटिङमा पारखरता राख्ने खेलाडी छन्। म्याट पनि ब्याटिङ अलराउन्डर हुन्। उनले हालसम्म इङ्ल्यान्डको टोलीबाट नखेले पनि आधादर्जन भन्दा बढी विदेशी लिगको अनुभव उनीसँग छ।
अमेरिकन विकेटकिपर ब्याटर एन्ड्रीज गोउस पोखराका लागि पहिलो रोजाईको विकेटकिपर ब्याटर हुन सक्छन्। उनको रेकर्ड टी-२० मा राम्रो रहेको तथा विदेशी लिग पनि खेलेको हिसाबले उनको आगमनले पोखराको टिम बलियो भने पक्कै हुनेछ।
जेन मलिक इङ्ल्यान्डका फ्रेस क्रिकेटर हुन्। उनलाई पोखराले ब्याटिङ र बलिङ दुवैमा उपयोग गर्न सक्छ।
माइकल लिस्क, स्कटिस दाँया हाते ब्याटर तथा अलराउन्डर माइकल स्कटल्यान्ड राष्ट्रिय टिमको हिस्सा हुन्। उनले ६७ वटा टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा उनको हालसम्मको उच्च स्कोर ५८ रहेको छ। त्यस्तै, बलिङतर्फ हेर्ने हो भने ६७ खेलमा उनले ४१ विकेट लिएका छन्।
विदेशी खेलाडीमा पोखराले सबै ब्याटिङ र बलिङ दुवैमा प्रयोग गर्न सक्ने खेलाडी भित्र्याएको छ। ६ विदेशी खेलाडीमा सबै ब्याटिङमा नै रुची राख्ने रहेका छन्।
नेपाली खेलाडीमा पोखरामा प्राय बलर छन्। जसमा विपिन खत्री गण्डकी प्रदेशका कप्तान समेत रहेर खेल्ने विपिनको स्पिन अट्याक त्रिवीमा राम्रो काम गर्न सक्छ। नारायण जोशी अर्का घरेलु क्रिकेटका स्टार बलर हुन्। उनलाई पनि टियुको पिचको सदुपयोग कसरी गर्ने राम्रोसँग थाहा छ। अर्का घातक बलर हुन्, आकाश चन्द। उनको क्षमताको बारेमा अनविज्ञ सायदै कोही नेपाली क्रिकेट प्रेमी होलान्। यु-१९ विश्वकपमा ५ विकेट लिएर चम्किएका आकाश राष्ट्रिय टिमका सदस्य हुन्। उनको बलिङ पेसले राम्रा राम्रा ब्याटरको क्रिजबाट छुट्टी गराउँछ। किरण ठगुन्ना पनि बलिङ नै गर्न रुचाउँछन्। सुदिप अर्याल, अमृत गुरुङ सनम गौतमलाई पोखराले केही समय अनुभव दिलाएर मात्रै मैदानमा उतार्ला।
पोखराले चितवनसँग खेल्दा सबैभन्दा बढी खतरनाक सावित भएका पाकिस्तानी बलर सोहिलको स्पेलमा ध्यान दिनुपर्छ। सोहीलले पहिलो खेलमा नै काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका थिए। अमर सिंह रौतेला, रिजन ढकाल लुक बेन्केन्स्टाइन जस्ता खेलाडी पनि छन्। विशेषतः चितवनको बलिङ निकै घातक रहनेछ।
यस्तो छ चितवन टिम
चितवनको टिम नदेखिँदो तरिकाले बलियो टिम छ। कुशल मल्लको युवा नेतृत्वमा रहेको टिममा अनुभवी खेलाडीको कमी छैन।
पहिलो खेलमा चितवनको खेलको प्रशंसा गर्नै पर्छ। जसरी चितवनले पावरप्लेमा विकेट लियो। त्यसपछि ब्याटिङमा शरद र सन्तोषले देखाएको परिपक्वता निकै तारिफयोग्य थियो। विशेष गरी चितवनले आफ्नो बलिङ स्पेलमा निरन्तरता दिनु र ब्याटिङमा टप अर्डरका एक जनाले सम्हलिएर पारी अघि लानुपर्ने देखिन्छ। युवा कप्तान कुशलले पहिलो खेलमा बलिङ स्पेलमा गराएको रोटेसन तारिफ योग्य थियो।
अब चितवनले दोस्रो जित निकाल्ने हो भने पोखराका विदेशी ब्याटरलाई रोक्न सक्नुपर्छ। नेपाली आक्रमक ब्याटर कुशल भुर्तेललाई टिमले बिसर्ने छैन। चितवनले बलिङमा पहिलो खेलको लय समात्दै दोस्रो जितका लागि ब्याटिङमा भने सम्हालिन सक्नुपर्छ।
टियुको पिच
चितवन र पोखराले मंगलबार दिउँसो खेल्नेछन्। त्यसले गर्दा पिच बिहानको खेलको तुलनामा केही ड्राइ भने हुनेछ। तर, विकेट स्लो र टर्न हुने समस्या चाँहीदैन भने टस जित्ने कप्तानले बलिङ नै रोज्लान्। पोखराले वटस जितेको खण्डमा आफ्नो विदेशी ब्याटरलाई टेष्ट गर्न ब्याटिङ पनि रोज्न सक्छ।
प्रतिक्रिया दिनुहोस !