स्थानीय तह उपनिर्वाचनको सन्देश : निर्णायक शक्ति कांग्रेस, एमाले, माओवादी नै

स्थानीय तह उपनिर्वाचनको सन्देश : निर्णायक शक्ति कांग्रेस, एमाले, माओवादी नै

उपनिर्वाचन सकिएको छ। मिनी मध्यावधि निर्वाचन रूपमा हेरिएको यो उपनिर्वाचनमा कुनै ठूलो उथलपुथल भएन। ठूला तीन दलले नै वर्चस्व कायम राखेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रभाव अझै देशव्यापी नै देखिएको छ। नयाँ र पुरातनवादी पार्टीको प्रभाव खासै देखिएन। अन्तिम परिणाम आउँदासम्मको अवस्था हेर्दा २०७९ सालमा उसले जितेको अनुपातमा कांग्रेस केही खस्किएको देखिएको छ भने एमालेले अपेक्षाअनुसारको परिणाम नआए पनि केही सुधार गरेको छ । नेकपा माओवादी केन्द्र भने यो उत्साहित देखिएको छ। यो निर्वाचनमा एमाले र माओवादीले बोनस पाएका छन् भने कांग्रेसको केही सिट घटेको छ। 

४४ स्थानको लागि उपनिर्वाचन भएको थियो। जसमा कांग्रेसले दुई जिल्ला समन्वय समितिको प्रमुख, १ नगरप्रमुख र १६ वडाध्यक्षसहित १९ सिट जितेको छ। २०७९ मा कांग्रेसले दुई जिल्ला समन्वय समितिका प्रमुख, १ नगरप्रमुख, २ अध्यक्ष र २ उपाध्यक्षसहित २७ स्थानमा जितेको थियो। उसले २ अध्यक्ष र एमालेले योपटक १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्ष जितेको छ। एमाले जितेका ७ वडाध्यक्ष जितेको स्थानमा निर्वाचन भएको थियो। एमाले २ वडाध्यक्ष गुमाएर पनि १ अध्यक्ष, २ उपाध्यक्ष बोनस पाएको छ। यो निर्वाचन सबैभन्दा फलदायी माओवादी केन्द्रलाई भएको छ। माओवादीले जितेका ८ स्थानमा निर्वाचन भएको योपटक ११ स्थान जित हासिल गरेको छ। उसलाई तीन सिट बोनस आएको छ। माओवादी केन्द्रले १ अध्यक्ष, १ उपप्रमुख, २ उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको छ। उसले जितेका २ उपाध्यक्ष र ६ वडाध्यक्षमा निर्वाचन भएको थियो। उसलाई १ अध्यक्ष, १ उपप्रमुख र १ वडाध्यक्ष फाइदा भएको छ। निर्र्वाचनको परिणामले माओवादी बढी नै हौसिएको छ। 

मधेस प्रदेशमा अझै उपेन्द्र यादव नेतृत्व गरेको जसपा नेपालको वर्चस्व रहेको यो निर्वाचनले नतिजाले देखाएको छ। उसले सप्तरीका दुई वडा जितेको छ। उसले जितेको एक स्थानमा उपनिर्वाचन भएको थियो। उता भक्तपुरमा सीमित भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पुराना प्रभाव क्षेत्र फर्किएको छ। विगतमा दैलेख, जुम्ला, कालीकोटलगायतका कर्णालीका जिल्ला नेमकिपाको प्रभाव क्षेत्र हो। एकीकृत समाजवादीले एक ठाउँमा जितेर नाक बचाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

एक्लै लड्ने अभ्यास 

अधिकांश स्थानमा लामो समयपछि दलहरूमा एक्लाएक्लै निर्वाचनमा लड्ने अभ्यासको सुरुवात भएको छ । २०७४ सालको निर्वाचनदेखि गठबन्धनको सिलसिला सुरुवात भएको थियो। २०७४ का संघ, प्रदेश र स्थानीय तहको गठबन्धन गरेर निर्वाचन जाने प्रवृत्तिको थालनी भएको थियो। जसले विकृति जन्म भएको भन्दै आलोचना पनि भइरहेको थियो। गठबन्धन गरेर निर्वाचनमा जाँदा दलहरूको वास्तविक शक्ति थाहा नहुने अवस्था सिर्जना भएको थियो। एक्लाएक्लै लड्दा दलहरूको वास्तविक अवस्था उजागर भएको छ। निर्णायक शक्ति कांग्रेस, एमाले, माओवादी नै यो निर्वाचनले मुलुक अझै कांग्रेस, एमाले र माओवादी नै निर्णायक शक्ति छन् भन्ने सन्देश दिएको छ। २०४६ सालको परिवर्तनपछिको साढे तीन दशकदेखि यिनै दलले सत्ता चलाइरहेका छन्। यो अवधिका सबैभन्दा लामो समय कांग्रेसले शासन गरेको छ। यसपछि एमाले र माओवादीले पालैपालो शासन गरिरहेका छन्। विकल्पका विषय सामाजिक सञ्जालमा सीमित देखिएको छ। सामाजिक सञ्जालमा जतिसुकै गालीगलौज गरे पनि तीन दलप्रति नै विश्वास चुनावको नतिजाले देखाएको छ। 

एमालेलाई समाजवादीको धक्का 

यो निर्वाचनमा एमालेलाई समाजवादीले धक्का दिएको छ। ठूलो जनमत नभए पनि अझै एमालेलाई हराउने क्षमता एकीकृत समाजवादीले राख्दै आएको यो निर्वाचनले देखिएको छ। त्यसको उदाहरण काठमाडौं १६ मा हो। एकीकृत समाजवादीका कारण एमाले हारेको देखिन्छ। उसले अन्य स्थानमा एमाले मत काटेको देखिएको छ। उता रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादीले जितेको छ। 

कम्युनिस्टको मत सुरक्षित 

यो निर्वाचन नेपालमा कम्युनिस्ट बाहुल्य रहेको सन्देश दिएको छ। विश्व राजनीतिमा सकिँदै आएका कम्युनिस्टको वर्चस्व नेपालमा कायम देखिएको छ। कम्युनिस्ट एक हुने हो अझै पनि सत्ता उनीहरूको हातबाट अरूले लिन सक्ने अवस्था नरहने स्पष्ट देखिन्छ। सिटको हिसाब गर्दा एमाले (८) माओवादी केन्द्र (११), एकीकृत समाजवादी (१) र नेमकिपा (१)ले गरी २१ सिट जितेका छन्। लोकप्रिय मत कम्युनिस्टहरू अरूभन्दा झन्डै दोब्बर छ। 

माओवादीमा उत्साह 

यो निर्वाचनले सबैभन्दा उत्साहित भएको भन्ने माओवादी केन्द्र नै हो। अब माओवादी सकियो, उठ्न सक्दैन भन्ने भाष्य निर्माण भइसकेको अवस्था थियो। तर माओवादीले पनि अझै शक्तिकै रूपमा छ भन्ने सन्देश पनि यो निर्वाचन दिएको छ। उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै आधार क्षेत्रमा केही पालिकाका पद गुमाउँदै गर्दा कोशी प्रदेशलगायतमा राम्रो नतिजा ल्याएको देखिएको छ। 

मोरङको ग्रामस्थानमा त माओवादीले अनपेक्षित परिणाम ल्याएको छ। २०४८ सालदेखि नै कांग्रेसको गढको रूपमा रहँदै आएको यहाँ यो पटक ठूलो मतान्तर माओवादीले जितेको छ। त्योमात्र होइन कांग्रेसबाट उम्मेदवार लगेर उसले इतिहास रचेको छ । कोशीमा ८ स्थानमध्ये माओवादीले १ अध्यक्ष, २ वडाध्यक्ष जितेको छ। ३२ सिटे भनेर ‘क्रिटिसाइज’ गर्नेलाई माओवादीले प्रतिवाद गर्ने आधार यो नतिजाले तय गरिदिएको छ। जथापि माओवादी आफ्नो आधार क्षेत्रका मानिएका स्थानमा केही कमजोर देखिएको छ। एकीकृत समाजवादीको सहयोगले उसलाई स्थापित गर्न सहायकसिद्ध भएको छ। 

रास्वपाको सान्त्वना जित 

२०७९ को आम निर्वाचनमा ‘पुराना र ठूलो दलको काम छैन’ र ‘नो नट अगेन’ भन्दै राजनीतिमा आएको रास्वपालाई पनि यो स्थानीय निर्वाचनमा जनता पत्याएनन्। इलामको उपनिर्वाचनसँगै यो दल खस्किँदै गएको हो। जनताले काठमाडौं— १६ मा जिताएर राहतसम्म दिएका छन्। रास्वपाले नया ठाउँमा प्रभाव विस्तार गर्न नसकेता पनि, आफ्नो प्रभाव क्षेत्र काठमाडौंको एउटा वडामा सान्त्वना जित हासिल गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.