१० ओभरमा काठमाडौंले बनायो ५२ रन
काठामडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाडौंले १० ओभरमा ५२ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस जितेको काठमाडौंले कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको थियो।
पावरप्ले पश्चात काठमाडौंले २ विकेट गुमाउँदै १५ रन थप्यो। पहिलो विकेटका रुपमा शंकर रानालाई ६ रनमा रन आउटको रूपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।
प्रतिक्रिया दिनुहोस !