राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न
काठमाडौं : बुधबार बिहान हस्पिटल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ। उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटको शल्यक्रिया गरिएको हो।
राष्ट्रपतिको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले जानकारी दिए।
हाल उनको अवस्था सामान्य रहेको छ।
बुधबार बिहान प्रोस्टेट उपचारका लागि उनलाई अस्पताल लगिएको थियो।