सेयर बजारमा उचारचढाव : नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो

सेयर बजारमा उचारचढाव : नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख  ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ८ अर्ब ५२ मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९८,रिभर फल्स पावरको ९.९०,इन्हवा हाइड्रोपावरको ९.७२ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ९.४१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा जोशी  हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा  रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको  २९ करोड,आँखु खोला जलविद्युतको २६ करोड,सानिमा माइ हाइड्रोपावरको १८ करोड र रसुवागढी हााइड्रोपावरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। तीन समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। 

हाइड्रोपावर,मनु एण्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक सकारात्मक देखिएका हुन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ८.७२ प्रतिशतले घटयो। कारोबारमा आएका स्टक्समध्ये १०४ वटाको मूल्य बढ्दा १३२ वटाको घट्यो। बाँकी ८ स्टक्सको मूल्य स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.