लोकेशको ब्याटले लेखेको विराटनगरको जित

लोकेशको ब्याटले लेखेको विराटनगरको जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले लगातार २ हार पछि तेस्रो खेलमा जित निकालेको छ। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र सुदुरपश्चिम रोयल्ससँग ८७ रनले हार बेहोरेको विराटनगरले राहतको सास फेर्‍यो। 

पहिलो र दोस्रो खेलमा ब्याटिङमा रन बनाउन नसकेको विराटनगरको पारी आज लोकेशले निकै राम्रोसँग सम्हाले। उनले ओपनिङमा आएर एकतर्फबाट विकेट गइरहँदा पनि अर्को तर्फबाट इनिङस् सम्हाल्दै सट हान्न छोडेनन्। उनलाई आजको खेलमा बसिर अहमदको पनि राम्रो साथ मिलेको हो। उनले पाँचौं विकेटका लागि लोकेशसँग ७८ रनको साझेदारी गरे। उक्त साझेदारीबारे लोकेशले भने, ‘बसिर आउनेबित्तिकै हामीले हामी दुई जनाले नै खेल सक्ने ११/१२ को रन रेट लिएर जाने सल्लाह गरेका थियौं। बसिरले राम्रो खेल्यो।’

पहिलो र दोस्रो खेलमा घरेलु खेलाडी चल्न नसक्दा हारेको विराटनगर आज घरेलु खेलाडीकै प्रदर्शनले उच्च लक्ष्य पार गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको छ। आजको खेलमा उत्कृष्ट खेलाडी घोषित भएपछि लोकेशले पत्रकारसँग बोल्दै भने, ‘ओपनर ब्याटरको रुपमा मैले टिमलाई राम्रो सुरुवात दिउँ भन्ने हुन्छ। आज पहिलो इनिङ्सबाट म एक्लैले खेल जिताउँछु भनि रहेको थिएँ। सबैलाई भनिरहेको थिएँ। आज हामी एक अर्कामा विश्वास गरेर खेल जित्यौं।’ 

उनले खेल जितेपछि भने, ‘दुईवटा खेलहरु भइसकेको थियो, राम्रो सुरुवात भइरहेको थिएन। आज मैले खेलमा राम्रो सुरुवात गरेर बलहरु सकभर बाउन्ड्रीमा लगाउनुपर्छ भन्ने थियो।’

पछिल्लो २ खेलको रेकर्ड हेर्ने हो भने विराटनगरका लागि मार्टिन गुप्टिलले रन मेसिन बनिरहेका थिए। गुप्टिल चल्दा रन बन्ने नत्र थोरैमा नै प्याक हुने अवस्थामा रहेको विराटनगरका लागि आज म्याच विनर दुई खेलाडी भए। यस विषयमा लोकेश भने, ‘विदेशी खेलाडी यो विकेट फरक छ। हामीले घरेलु खेलाडीको रुमपा हामीले स्टेपअप गर्नुपर्छ। हामी सधैं यहि मैदानमा खेलिरहेका छौं। नेपाली नै म्याच विनर हुनुपर्छ भन्ने छ।’

तेस्रो खेलमा विराटनगर किङ्ग्सले आफ्नो सुरुका २ खेलभन्दा सुधारिएको प्रदर्शन गर्‍यो। जसमा बलिङमा पनि नेपाली खेलाडले विदेशीसरह नै विकेटमा मद्दत गरे। विशेषतः आज विराटनगरको फिल्डिङ निकै राम्रो भएको महसुस खेलका दौरान गरियो। ४ वटा रन आउटले लुम्बिनीको ब्याटिङलाई धेरै हदसम्म रोक्ने कोसिस गर्‍यो। 

लोकेश बमको लागि विकेटकिपरको भूमिका नयाँ भएको तेस्रो खेलमा पनि देखियो। लुम्बिनीसँगको खेलमा केही बाउन्ड्री किपरको अनुभवको कमीले पनि गएको देखिन्छ। उनी आफैँ पनि यसमा आफ्नो गल्ती भएको स्विकार गर्छन्, ‘आज आधाभन्दा बढी रन त मेरो गल्तीकै कारण गएको रहेछ।’ उनी आफैँले सहर्ष स्विकार गरे। 

विराटनगरका लागि अर्को समस्याको पाटो भनेको निकोलस क्रिटोन हुन्। उनले फिल्डिङमा निकै राम्रो गरिरहँदा उनको ब्याटबाट रन भने विराटनगरले पाएको छैन। उनी निकै आस गरेका विदेशी खेलाडी हुन्। उनको लागि त्रिवि मैदान पनि नौलो होइन। तर लगातार ३ खेलमा उनको ब्याटबाट रन ननिस्कनू केही चिन्ताको विषय भने पक्कै हो। तेस्रो खेलमा आएर टिममा सन्तुलन भने विस्तारै मिल्दै आएको अनुभव तेस्रो खेलले गरायो।

रोहितले विवेकलाई दिएको अन्तिम ओभर

लुम्बिनी लायन्सको लागि पहिलो खेलमा हार सायद सोचेजस्तो सुरुवात थिएन। १९२ रनको हालसम्मकै उच्च लक्ष्य थियो। हुन त तेस्रो खेलमा विराटनगरका ब्याटरले देखाएको कौशल तारिफ योग्य छ। 

आजको खेलमा लुम्बिनीका दुर्गेश गुप्ताको बलिङले विराटनगरको ब्याटिङ धरासायी बनाएको थियो। उनले ४ ओभर बलिङ गर्दा २१ रन खर्चिए ३ विकेट लिए। तर पहिलो खेलमा लुम्बिनीका लागि विवेक यादवको स्पेल निकै महंगो रह्यो। ३ ओभरको बलिङमा नै ४८ रन खाइसकेका थिए। पावरप्ले र मिडल अर्डरमा मंहगो साबित भएका बलरलाई कप्तान रोहितले अन्तिम ओभरमा १५ रन जोगाउने जिम्मा लगाए। उनलाई यसबारे खेलपछि पत्रकारले प्रश्न गर्दा उनले भने, ‘विवेक अन्तिम विकल्प थिए। उनी बाहेक म र बेन कटिङ थियौं। बेन कटिङले बलिङ गर्दिन भनेपछि म मात्रै विकल्प थिएँ। सायद म भएको भए ३ बलमा नै १६ रन भेट्थें होला।’ 

उनको यो उत्तरमा उनी आफैं पनि सन्तुष्ट सायद हुने छैनन्। किनभने रोहितले राष्ट्रिय टिमको खेलमा पनि बलिङ गर्ने गर्छन्। १५ रन जोगाउनु पर्ने बेला महंगो सावित भइरहेका बलरलाई अन्तिम ओभरको बलिङ दिनु भने पहिलो खेलमा लुम्बिनीको हारको कारण बन्यो। अन्य बलरले टाइट बलिङ गर्दा पनि आजको खेलमा विवेकको स्पेल भने लुम्बिनीलाई भारी पर्‍यो। यो सुरुवात लुम्बिनी चाहँदैनथ्यो। यसमा कप्तान रोहित भन्छन्, ‘विकेटले राम्रो खेलिरहेको थियो। हामीले सोचेको जस्तो सुरुवात भएन।’ उनले भने, ‘बलिङ युनिटमा केही चुक भयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.