जब कला मन्दिरमा घन्कियो, मोहनी लाग्ला है ...

जब कला मन्दिरमा घन्कियो, मोहनी लाग्ला है ...
सुन्नुहोस्

चितवन : स्वसम्राट नारायणगोपालले सांगीतिक कार्यक्रममा बजाएको हारमोनियम स्टेजमा सजिएको थियो। छेवैमा नारायणगोपालको तस्बिर। सँगै देखिए गायक आनन्द कार्की। 

नारायणगोपालका गीत सुन्न लालयित थिए पुराना पुस्ताका श्रोता। नारायणगोपालका गीत सुन सुन्न सबैलाई हतारो थियो। झमक्क साँझ परेपछि स्टेजमा देखिए गायक आनन्द कार्की। भावुक मुद्रामा पुराना दिन सम्झिँदै कार्की गाउन थाले। श्रोताले नारायणी कलामन्दिरको हल भरिएको थियो। 

त्यत्तिकैमा गुञ्जियो ‘एउटा मान्छेको मायाले कति’। यो गीत गाउँदा कार्की स्टुडियोमा नारायणगोपालसँगै थिए। कार्कीसँग नारायणगोपालको नजिकको सम्बन्ध थियो। तर, पहिलोपटक नारायणगोपालका गीत स्टेजमा गाउँदै थिए। कार्कीले गाएका हरेक गीतमा दर्शकको वान्समोरको हुटिङ आउँथ्यो। 

आनन्द कार्कीसँगै लामो समयपछि लाइभ ब्याण्डको साथमा देखा परिन् गायिका शर्मिला बर्देवा। कार्की र बर्देवाको स्वरमा नारायणगोपालका गीतले कलामन्दिर संगीतमय बन्यो। गीत गाउँदा सबै मोहित भए। लगत्तै गाएको ‘पर्खि बसेँ आउला भनी’ गीत दर्शकको रोजाइ बन्यो। कार्कीले आजभोलि हरेक साँझ, केही मिठो बात गर गीत गाए। 

गायिका शर्मिला बर्देवाले ‘मैले पुण्य मन पराएँ’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’ पोखिएर धामको झल्को गाउँदा दर्शक भावुक देखिन्थे। आनन्द र शर्मिलाले मोहनी लाग्ला है... गाउन थालेपछि दर्शक नाच्न थाले। वियोगान्त गीतले शान्त बनेको हल एकाएक दर्शक थपडी बजाएर सँगै गाउन थाले। सिरिमासिरि गीतले भावुक बनेका दर्शकलाई नाचौं नाचौं बनायो। बर्देवालाई ‘मान्छेको माया यहाँ’ गीतमा विश्व प्रधानले साथ दिए। स्वर सम्राट नारायणगोपालको ३४औं स्मृति दिवसको अवसर पारेर बुधबार नारायणी कला मन्दिरले नारायणगोपाल स्मृति साँझको आयोजना गरेको हो। स्मृति साँझमा नारायणगोपालका कालजयी गीत गुञ्जियो। रात पर्दै जाँदा दर्शकलाई चिसोको कुनै परवाह थिएन। अन्तिममा कार्यक्रमको माहोल बेग्लै बन्यो। 

आनन्द कार्की र शमिला बर्देवाले ‘नारायणगोपालले जुन योगदान दिनुभएको योगदानको सम्मानमा नयाँ पुराना पुस्तालाई एकै थलोमा जोडेका छौं,’ कलामन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले भने, ‘यसले गीतसंगीतमा रुचि भएकालाई प्रेरणा दिन्छ भन्ने लागेको छ।’

कला मन्दिरले २०६० सालबाट नारायणगोपाल स्मृति साँझ हरेक वर्ष गर्दै आएको छ। तत्कालीन अध्यक्ष सहन प्रधान गायक तथा संगीतकार भएकै कारण स्वरसम्राटलाई सधैं सम्झनलायकको कार्यक्रमको थालनी गरेका हुन्। 

कला मन्दिरका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठले भने, ‘नयाँ पुस्ताकामाझ पनि नारायणगोपाललाई नजिक राख्न हरेक वर्ष कार्यक्रम गर्दै आएका छौं।’ 

कार्यक्रममा प्रविण श्रेष्ठ ‘पाल्पाली’ले ल सुन म भन्छु, निरञ्जन प्रधानले यो मुटुलाई, गायिका अनामिका मल्लले म त लालीगुराँस भएछु, शेखर श्रेष्ठले यति धेरै माया दिइ, संजय खड्कीले तिमी जुन रहरले भन्ने गीत गाए। त्यस्तै ‘पाल्पाली’ र मल्लले हिमालसरी म अग्लि रहेछु, विश्वप्रधानले गल्ती हजार हुन्छन् गीत गाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.