भारत भ्रमण अब ‘एरेन्ज’ गर्नुपर्छ : प्रधानमन्त्री ओली

भारत भ्रमण अब ‘एरेन्ज’ गर्नुपर्छ : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमण छिट्टै मिलाउने बताएका छन्। आज चार दिने चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नमा उनले आफ्नो भ्रमणको सुरुवात चीनबाट भएपनि छिट्ट‌ै भारत भ्रमणमा जाने बताएका हुन्। 

उनले चीनबाटै फर्किएकै दिन तय हुने कुरा नभएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब एरेन्ज गर्नुपर्छ। कहिले भन्ने कुरा अहिले यहाँ फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

प्रधानमन्त्री ओलीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको भनाईप्रति भने खण्डन गरेका छन्। उनले भने, ‘मैले त्यति थाहा पाएको छैन यस्तो कुरा र, म के भन्छु भने, दक्षिणको मिडियाले अलिक मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै गरेको छ भने राम्रो होइन, लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन। कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन। म त्यति भन्न सक्छु।’ 

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.