बास बस्न आएका पुरुषको हत्या गरी फरार रहेकी कमला १५ वर्षपछि पक्राउ
काठमाडौं : कर्तव्य ज्यान मुद्दाकी आरोपी कमला गोले तामाङ १५ वर्षपछि पक्राउ परेकी छन्। उनले दोलखाको गैरीमुदी गाविस ३ का वीरबहादुर तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेकी थिइन।
दोलखाको वैतेश्वर गाउँपालिका–१ की कमला तामाङले आफ्नो घरमा बास बस्न आएका वीरबहादुरलाई शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेकी थिइन।
२०६७ असोज २० गते राति हत्यागरेपछि उनी फरार थिइन्। उनीविरुद्ध चलेको कर्तव्य ज्यान कसुरमा सर्वोच्च अदालतले २०७२ सालमा १२ वर्ष कैद सजाय तोकेको थियो।
हत्यापश्चात विभिन्न ठाउँमा लुकीछिपी भाग्दै हिँडेकी कमलालाई सीआइबी टोलीले यही मंसिर २० गते पक्राउ गरेको हो। उनलाई गोकणेश्वर ४ काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।