भारत सरकारको ३ करोड ५४ लाख लागतमा खाम्लालुङ स्वास्थ्य चौकी निर्माण हुने

भारत सरकारको ३ करोड ५४ लाख लागतमा खाम्लालुङ स्वास्थ्य चौकी निर्माण हुने
सुन्नुहोस्

काठमाडौं : भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकास्थित खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको छ। तेह्रथुमका प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको ३ करोड ५४ लाख लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ। भारतीय दूतावासका अनुसार स्वास्थ्य चौकीमा आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधासहितको दुई तल्ले भवन निर्माण हुनेछ। 

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको र यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। जसमा ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन्। यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ।  त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्ससहित कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ भारतीय दूतावासले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.