‘भगवानको बिहे देख्न पाउनु अलौकिक अनुभव’

‘भगवानको बिहे देख्न पाउनु अलौकिक अनुभव’
जनकपुरमा मिथिला भोजन गर्दैइजरायली राजदूत र उनकी श्रीमती
सुन्नुहोस्

जनकपुरधाम : प्रसिद्ध विवाह पञ्चमी महोत्सवमा सहभागी भएका नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यो आफ्नो जीवनको निकै अनौठो र रमाइलो अनुभव रहेको बताएका छन् ।

शनिबार सञ्चारकर्मीसँग जनकपुरमा कुराकानी गर्दै राजदूत बासले भने, ‘मैले यो कहिल्यै कल्पना समेत गरेको थिइन् की एकदिन भगवानको बिहेमा सहभागी हुन पाउने छु । भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धको साक्षी बन्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’

राजदूत बासले मधेश प्रदेशका लागि इजरायल सरकारद्वारा विशेष खालका कार्यक्रमहरू ल्याउन आफूले पहल गर्ने जानकारी समेत गराए ।उनले आफ्नो भ्रमणको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहसँग समेत भेटघाट गरेका छन् । 

जानकी मन्दिरको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वनगरप्रमुख बजरंग साहद्वारा विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आमन्त्रण पाएपछि उनी जनकपुर आएका हुन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.