कृष्णनगर नाकाबाट मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

कृष्णनगर नाकाबाट मानव बेचबिखनको आरोपमा एकजना पक्राउ
सुन्नुहोस्

कपिलवस्तु  : मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन्। 

उनले काठमाडौंबाट विभिन्न प्रलोभनमा पारी झुक्याएर बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले एक महिलालाई नेपाल तर्फको कृष्णनगर सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। 

पक्राउ गरिएका उनलाई प्रहरीले जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कृष्णनगरको हिरासतमा राखेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.