चितवन राइनोजलाई पहिलो झड्का, ब्रान्डन म्याकमुलेनले लिए विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट लिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका चितवन राइनोजका सन्तोष कार्कीलाई ब्रान्डन म्याकमुलेनले विकेट लिएका हुन्।
म्याकमलेनको बलमा कार्कीलाई नरेश बुढायरले क्याच आउट गरेका हुन्। कार्कीले ७ बलमा ९ रन बनाए।
हाल चितवन राइनोजले ३.१ ओभरमा १ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ।
चितवनले यस प्रतियोगिताको हालसम्म २ वटा खेल जितको छ भने एक खेलमा हार बेहोरेको छ। सुदूरपश्चिमले यसअघिका तीनमध्ये तीनै खेल जितेको थियो र अंक तालिकामा दोस्रो स्थानमा छ। सुदूरपश्चिम भने प्रतियोगितामा अपराजित छ।