काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा १३१ रन बनाउँदै अलआउट भएको हो । यो चितवनको तेस्रो जित हो।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित निकालेको थियो । कर्णाली याक्ससँग भने चितवनले ६ विकेटको हार बेहोरेको थियो।
सुदूरपश्चिम रोयल्सका लागि मध्य क्रमका ब्याटर इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
पहिलो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर सैब जैबलाई १८ रनमै गुमायो।
दोस्रो विकेटका रुपमा विनोद भण्डारी ८ बलमा २ चौका सहित १० रनमा कुशल मल्लको बलमा क्याच आउट भए।
तेस्रो विकेट ब्रान्डन म्याकमुलेन ९ रनमा २ चौकासहित १३ रनमा चितवनका कप्तान कुशल मल्लबाट बोल्ड आउट भए।
चौथो विकेट आरिफ शेखको गयो। उनले ९ बलमा ४ रन मात्रै जोड्न सके।
पाँचौं विकेट दिलप्रित बाजवाको गयो। उनलाई लोफ्टी इटोनले एलबीडब्ल्यु आउट गरे। उनले १६ बलमा १ चौका सहिचत १२ रन बनाए।
सुदूरपश्चिमको मध्यक्रम नचल्दा १० ओभरमा सुदुरले ५ विकेट गुमाउँदै ६३ बनायो।
कप्तान दिपेन्द्रले पनि सुदूरपश्चिमको मध्यक्रम सम्हाल्न सकेनन्। उनी २ बलमा १ रन मात्रै जोड्दै सुदूरपश्चिमको छैटौं विकेटको रुपमा पेभेलियन फर्किए।
सातौं विकेटको रुपमा सुदुरले नरेश बुढा ऐरलाई गुमायो। उनलाई अमर सिंह रौतेलालाई क्याच आउट गराए।
आठौं विकेट इशान पाण्डेलाई गुमायो। १५.३ ओभरमा अमरले उनलाई दिपक बोहोराको हातबाट क्याच गराए।
नवौं विकेट १७.६ ओभरमा नरेन साउदलाई रिजन ढकालले कट एण्ड बोल्ड गरे।
अन्तिम विकेटका रुपमा स्कट केग्गेलिनको विकेटसँगै सुदूरपश्चिम १३१ रनमा अलआउट भएको हो। उनलाई सोहिल तान्भिरले एलबीडब्ल्यु आउट बनाएका हुन्। उनले १० बलमा ३ चौका सहित १६ रन बनाए। अभिनास बोहोरा लखाता नखोली अविजित रहे।
चितवनका लागि कप्तान कुशल मल्ल, अमर सिंह रौतेला र निकोल लोफ्टी, रिजन ढकाल र सोहिल तान्भिरले समान २/२ लिए भने रञ्जित कुमारले १ विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो। चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए। उनलाई १५.१ ओभरमा स्कट कुग्गेलिनले नरेश बुढा ऐरको हातबाट ६५ रनमा क्याच आउट गराए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। चितवनले पावरप्लेमा १ विकेट गुमाउँदै ३५ रन बनाएको थियो।
पहिलो विकेटका रुपमा चितवनले ओपनर सन्तोष कार्कीलाई ३.१ ओभरमा ९ रन बनाउँदै पेभेलियन फर्किए। १४.२ ओभरमा चितवनले २ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो।
तेस्रो विकेटका रुपमा चितवनले हसन इसाखिललाई गुमायो। चौथो विकेट कप्तान कुशल मल्लको गयो। उनी १७.२ ओभरमा १३ रन बनाउँदै कुग्गेलिनबाट बोल्ड आउट भयो।
पाँचौं विकेट रवि बोपारालाई अन्तिम ओभरको तेस्रो बलमा ३६ रनमा क्याच आउट गराए। उनले १८ बलमा २ चौका र २ छक्का प्रहार गरे। निकोल लोफ्टी इटोन २ र अमर सिंह रौतेला ६ रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलिनले सर्वाधिक २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिए।
सुदूरपश्चिमले भने पहिलो खेलमा विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो।