भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री

भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री
सुन्नुहोस्

सुर्खेत : गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन । गृहमन्त्री लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि कांग्रेस र एमाले मिलेर समस्या समाधान गरेको बताए। उनले दुई ठूला दल एमाले- कांग्रेस मिलेर संविधान बनाएको जिकिर गरे।

‘यो सरकार केही मानिसलाई मन्त्री  बनाउन र सरकार बनाउनका लागि मात्र बनेको होइन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं,'उनले भने,'आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौं । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलै मध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थिर हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौं ।'

गृहमन्त्री लेखकले जनताका अधिकांश मुद्दा गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए। । महंगी, दुर्घटना,लागुऔषध,अपराध,उपभोगदेखि गिटी बालुवाको अवैध उत्खनन् समेत गृहमन्त्रालय मातहत जोडिने भएकाले यी विषयमा चनाखो भएर काम गर्न आवश्य रहेको बताए।

शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनैपनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। 'लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो । अपराधकर्ताको व्यवस्था होइन् । व्यक्तिको चरित्र हत्या गर्ने,जाति धर्म र क्षेत्रको बीचमा दोष लगाउने खालको गतिविधिमा केन्द्रित हुनुपर्छ,' सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रित हुनुपर्छ।'

उनले भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता नहुने बताए। 'अपराध गर्नेहरू सबै कानुनी दायरामा आउनुपर्छ ,'उनले भने,'हाँसेर मात्र, सेवा प्रवाह गरे मात्र आधा समस्या समाधान हुन्छ। काम कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित हुनुपर्छ।'

कर्णाली सबैभन्दा धेरै सम्भावना र अवसर बोकेको प्रदेश बताउँदै उनले  केही भौगोलिक विकटताका कारण पछि परेकाले यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.