पावरप्लेमा चितवनको ३ विकेट पतन, रन भने लुम्बिनीको भन्दा अगाडि
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को नवौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको छ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनका लागि पहिलो विकेटका रुपमा १.४ ओभरमा विपिन रावलको विकेट गयो । उनलाई रोहित पौडेलले ५ रन बनाउँदा साद बनि जफरको हातबाट क्याच आउट भए ।
दोस्रो विकेटका रुपमा ओपनर सन्तोष कार्कीलाई रेमोन सिमोन्डले अशुतोष घिरौयाको हातमा क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा कप्तान रोहितले सोहिल तान्भिरलाई कट एण्ड बोल्ड गराए ।
पावरप्लेमा चितवनको रन भने लुम्बिनीको भन्दा अगाडि छ । लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ३३ रन बनाएको थियो । भने १ विकेट बढी गुमाएको छ।
पावरप्लेमा लुम्बिनीका लागि कप्तान रोहितले २ विकेट लिए । रेमोन सिमोन्डले १ विकेट लिए ।
लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेट, पोखरासँग १० विकेट, सुदुरपश्चिमसँथ ४५ रन र जनकपुरसँग १ रनले पराजित भएको हो ।
चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेट, पोखरालाई ८७ रनले र चौथो खेलमा सुदुरपश्चिम रोयल्सलाई ३३ रनले जित्दा तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटको हार बेहोरेको हो ।