१० ओभरमा चितवनले बनायो ५६ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले १० ओभरमा ५६ रन बनाएको छ। लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा ५६ रन बनाएको छ।
पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाए चितवनका लागि पहिलो विकेटका रुपमा १.४ ओभरमा विपिन रावलको विकेट गयो। उनलाई रोहित पौडेलले ५ रन बनाउँदा साद बिन जफरको हातबाट क्याच आउट भए।
दोस्रो विकेटका रुपमा ओपनर सन्तोष कार्कीलाई रेमोन सिमोन्डले अशुतोष घिरौयाको हातमा क्याच आउट गराए। चौथो ओभरको पहिलो बलमा कप्तान रोहितले सोहिल तान्भिरलाई कट एण्ड बोल्ड गराए।
तेस्रो विकेटका लागि लुक बेन्केन्स्टाइन र रवि बोपाराले ४० रनको साझेदारी बनाउँदै खेलिरहेका छन्। बेन्केन्स्टाइन ३१ र रवि बोपारा ११ रनमा खेलिरहेका छन्। पावरप्लेमा लुम्बिनीका लागि कप्तान रोहितले २ विकेट लिए। रेमोन सिमोन्डले १ विकेट लिए।
लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेट, पोखरासँग १० विकेट, सुदुरपश्चिमसँथ ४५ रन र जनकपुरसँग १ रनले पराजित भएको हो।
चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेट, पोखरालाई ८७ रनले र चौथो खेलमा सुदुरपश्चिम रोयल्सलाई ३३ रनले जित्दा तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटको हार बेहोरेको हो।