सुदूरपश्चिम रोयल्सले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले जनकपुरलाई दियो १२४ रनको लक्ष्य
तस्बिर : सुदूरपश्चिम रोयल्स

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो। 

सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। पावरप्लेमा बिना कुनै विकेटको क्षति ४२ रन बनाएको हो। 

६.४ ओभरमा कुनै पनि विकेट नगुमाउँदै सुदूरपश्चिम रोयल्सले ५० रन पूरा गर्‍यो। ७.४ ओभरमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा सैफ जैबलाई गुमायो। उनले ओपनर विनोद भण्डारी।सँग ५५ रनको साझेदारी गरे। जैबले २१ बलमा २ चौका सहित २१ रन बनाएर हर्ष थाकरको बलमा अरनिको यादवको हातमा क्याच भए। 

तेस्रो ब्याटरका रुपमा आएका हर्मप्रित सिंह दोस्रो विकेटको रुपमा १ रनमा शेर मल्लबाट बोल्ड आउट भए। सुदूरपश्चिम रोयल्सले १० ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनाएको थियो। 

तेस्रो विकेट ओपनर विनोद भण्डारीको गयो। चौथो विकेट कप्तान दिपेन्द्र सिंह ऐरी डक आउट भए। पाँचौं विकेट ब्रान्डन म्याकमुलेनको गयो। छैटौं विकेट आरिफ शेख ६ रन बनाएर पेभेलियन फर्किए। 

इशान पाण्डे १७ रन बनाएर किशोर महतोको बलमा निशमबाट क्याच हुदै  १७.१ ओभरमा बाहिरिए।  आठौं विकेट स्कट केग्गेलिनको गयो। उनी ७ रनमै किशोरको हातबाट बोल्ड भए। नवौं विकेट नरेन साउद किशोर महतोको बलमा अरनिको यादवको हातमा क्याच भए। अभिनास बोहोरा २ र नरेश बुढा ऐर ९ रनमा अविजित रहे। 

जनकपुरका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। शेर मल्ल र अरनिको यादव २÷२ विकेट लिए। हर्ष थाकरले १ विकेट लिए। जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ। 

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रन, दोस्रो खेलमा काठमाडौंलाई ७३ रन, तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने चितवनसँग ३३ रनले पराजित भएको हो। जनकपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेट, कर्णालीलाई ८ विकेट, पोखरालाई ७ विकेट र लुम्बिनीलाई १ रनले पराजित गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.