नेपालमा लगानीका लागि वातावरण सिर्जना हुँदै गएको छ : अर्थमन्त्री पौडेल

नेपालमा लगानीका लागि वातावरण सिर्जना हुँदै गएको छ :  अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा पौडेलले सार्वभौम क्रेडिट रेटिङमा नेपालले विश्व समूदायमा नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना भएको सन्देश गएको समेत बताएका हुन्।

उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेपनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे। राजस्व छुटका बिषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ।

उनले अहिले बैंकहरुमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए। पौडेलले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको भन्दै निष्कर्षतर्फ उन्मुख रहेको बताए।

बैठकमा सांसद डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या कायमै रहेकाले यसलाई समाधान गर्न निरन्तर क्रियाशिलता जरुरी रहेको बताए। विदेशी सहयोगमा ऋणको अनुभव निकै तितो रहेकाले अव अनुदान सहयोगमा ध्यान दिनुपर्ने उनले बताए। उनले परिणाम नदिने आयोजनामा ऋण लिने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै सांसद बर्षमान पुनले पूजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए। नयाँ चरणको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए।

मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा समितिले अर्थ मन्त्रालयसँग छलफल गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.