जाजरकोटमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु
जाजरकोट : जाजरकोटमा जिप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति नलगार्ड न.पा. ३ बिरखोला कैना–कड्के सडकखण्डस्थितमा कालीमाटीबाट करुवा जाँदै गरेको ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा जिपका चालक जाजरकोट नलगाड नगरपालिका–३ करुवा निवासी ३२ वर्षका ईन्द्रजित थापा, सोही ठाँउकी ६५ वर्षिया शिला पुन, ३२ वर्षीया सारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको आलोचना रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
जिप दुर्घटना भएपछि घाइते भएका सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरि नगर दल्लीमा लगिएकोमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको हो । घाइते नलगाड -३ का जनक थापाको उपचार भइरहेको छ भने २१ वर्षीय जीवन बि.क को डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब ७००/८०० मिटर तल खसेको छ।